• होमपेज
  • समाचार
  • यमुना नदीमा पल्टिदा २० जनाको मृत्यु,कयौं बेपत्ता

यमुना नदीमा पल्टिदा २० जनाको मृत्यु,कयौं बेपत्ता

  • बिहिबार, भदौ २९, २०७४
यमुना नदीमा पल्टिदा २० जनाको मृत्यु,कयौं बेपत्ता

लखनउ,भदौ २९ –

भारतको उत्तर प्रदेश राज्यको बागपतबाट करिब ६ किलोमिटर दुरीमा रहेको काठा गाउँ नजिकै यमुना नदीमा बिहीबार बिहान डुंगा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । केहीले भने पौडिएर ज्यान जोगाएको बताइएको छ । दुर्घटनामा अन्य कयौं बेपत्ता भएका छन् । दुर्घटना भएलगत्तै खोजी तथा उद्धारमा विभिन्न टोली परिचालन गरिएको बताइएको छ ।

काठा गाउँ निवासी महिला र पुरुष यमुना नदी पार गरी दैनिक मजदुरीका लागि हरियाणातर्फ जाने क्रममा दुर्घटना भएको हो ।

मुख्यमन्त्री योगी आदित्यनाथले डुंगा दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई हरसम्भव राहत उपलब्ध गराउने घोषणा पनि गरेका छन् । – एजेन्सी

Facebook Comments

सम्बन्धित समाचार