• होमपेज
  • समाचार
  • ३५ हजारमा किनेको राँगो, जसले गर्छ मासिक नब्बे हजार कमाइ

३५ हजारमा किनेको राँगो, जसले गर्छ मासिक नब्बे हजार कमाइ

  • बिहिबार, भदौ २९, २०७४
३५ हजारमा किनेको राँगो, जसले गर्छ मासिक नब्बे हजार कमाइ

कञ्चनपुर,भदौं २९-

राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो। कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ।

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा रु ९० हजार बढी कमाइ गर्दै आएको छ। भैँसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्दै आएका हुन्। दैनिक तीनवटा भन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्दै आएको छ।

नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन्। एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले रु एक हजार लिन्छन्। उनले चार वर्षअघि रु ३५ हजारमा खरिद गरेको राँगाले मनग्य आम्दानी दिन थालेको छ।

पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताए। राँगाको कमार्इबाट आउने रकमले उनले रु दुई लाख खर्चेर घरमै किराना पसल खोलेका छन्। किराना पसल र राँगाको कमाइ गरी मासिकरुपमा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताउछन्। ।

राँगा पाल्नका लागि उनले एक बिगाहा खेत वार्षिकरुपमा रु २५ हजार तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आएका छन्। राँगालाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गरेका छन्।

“घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु”, रानाले भने। राँगा नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार सुसारमा खट्ने गरेका छन्। रासस

Facebook Comments

सम्बन्धित समाचार