प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान
काठमाडौँ, असोज ३ – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, यहाँस्थित […]