• होमपेज
  • समाचार
  • सर्वोच्चद्धारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई नहटाउन आदेश

सर्वोच्चद्धारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई नहटाउन आदेश

  • आइतवार, अशोज २२, २०७४
सर्वोच्चद्धारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई नहटाउन आदेश

काठमाडौं, असोज २२ –

भ्रष्टाचारको आरोपमा सरकारले पदबाट हटाएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई पदबाट हटाउने सरकारको निर्णयलाई गैरकानुनी भन्दै निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
पेट्रोलियम पदार्थ भण्डारस्थल बनाउनका लागि जग्गा किन्दा अनियमितता गरेको आरोपमा सरकारले खड्कालाई असोज २ गते पदबाट हटाएको थियो । त्यसको दुई दिनपछि खड्काले पुनर्वहालीको माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले खड्कालाई स्पष्टिकरणसमेत नसोधी सिधै वर्खास्त गर्ने निर्णय गरेको थियो ।

त्यो कमजोरीमा टेकेर खड्काले आफ्ना कुरा भन्ने मौकासमेत नदिई सरकारले वर्खास्त गरेको भन्दै पुनर्वहालीको माग राखेर रिट हालेका थिए । आफू चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएकाले २०७५ साल माघसम्म काम गर्न पाउने पर्ने खड्काको माग थियो ।

Facebook Comments

सम्बन्धित समाचार