• होमपेज
  • समाचार
  • सिएमसी मेयर कप क्रिकेटको ‘सुपर सिक्स चरण’का खेल भोलीदेखि

सिएमसी मेयर कप क्रिकेटको ‘सुपर सिक्स चरण’का खेल भोलीदेखि

  • आइतवार, अशोज २२, २०७४
सिएमसी मेयर कप क्रिकेटको ‘सुपर सिक्स चरण’का खेल भोलीदेखि

चितवन, असोज २२–

चितवनको पुरानो क्रिकेट क्लब भरतपुर क्रिकेट क्लबको आयोजनामा भईरहेको सिएमसी मेयर कप अन्तर वडा क्रिकेट प्रतियोगिताको सुपर सिक्स चरणका खेलहरु भोलीदेखि सुरु हुँदैछ ।

आज भरतपुरमा एक कार्यक्रम गरि सुपर सिक्स चरणमा पुगेका टोलीहरुको गोला प्रथाबाट समूह विभाजन गरिएको छ । प्रतियोगिताको लिग चरण पार गर्दै वडा नं. १० ‘ए’, वडा नं. १० ‘बी’, वडा नं. ७ ‘बी’, वडा नं. २५ र वडा नं. २६ र गरी सुपर सिक्स चरणमा ६ वटा टिम पुगेका छन् ।

यस्तै आजै प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको छ । चितवन मेडिकल कलेज–शिक्षण अस्पतालकी एसोसियट प्रोफेसर ममता शर्मा न्यौपानेले ट्रफी सार्वजनिक गर्नुभयो ।

प्रतियोगिता यही असोज असोज १ गते भरतपुरस्थित वीरेन्द्र क्याम्पसको नौ बिगहा खेल मैदानमा सुरु भएको थियो । दशैं सकिएपछि अहिले अर्को चरणको खेल हुन लागेको हो । प्रतियोगितामा १८ वटा वडा टिम र सि.एम.सी. को एक टिम गरी १९ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कार रू. ५० हजार, द्वितीय पुरस्कार रू. २५ हजार सहित आकर्षक ट्रफी, प्रमाण–पत्र र अन्य पुरस्कारहरु प्रदान गरिने छ । यस प्रतियोगिताको अनुमानित खर्च रु. १० लाख ५० हजार रहेको क्लवका अध्यक्ष अनिल अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच क्रिकेटमा व्यवसायिकता प्रवद्र्धनका लागि पूर्व क्रिकेट खेलाडी एवम् उद्योग वाणिज्य संघ चितवनका युवा अध्यक्ष राजन गौतमलाई प्रतियोगिताको सद्भावना दूत बनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा