• होमपेज
  • Uncategorized
  • चितवनका अस्पतालमा बिरामीको चाप बढ्यो, भरतपुर अस्पतालमा एकै दिन १५ सयले लिए ओपिडि सेवा

चितवनका अस्पतालमा बिरामीको चाप बढ्यो, भरतपुर अस्पतालमा एकै दिन १५ सयले लिए ओपिडि सेवा

  • आइतवार, अशोज २२, २०७४
चितवनका अस्पतालमा बिरामीको चाप बढ्यो, भरतपुर अस्पतालमा एकै दिन १५ सयले लिए ओपिडि सेवा

चितवन, असोज २२–

दशैं यता चितवनका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । भरतपुर अस्पतालसंगै चितवन मेडिकल, पुरानो मेडिकल कलेजलगायतका अस्पतालहरुमा बिरामीको चाप बढेको हो ।

भरतपुर अस्पतालमा आईतबार मात्रै १ हजार पाँच सय भन्दा बढीले स्वास्थ्य उपचार गराएका छन् । बिरामीको संख्या बढेपछि लामो समय लाईन बसेर टिकट काटेका थिए । सामान्य स्वास्थ्य परीक्षण गराउनेहरुको संख्या बढी थियो । दशै सकिएपछि बिरामी उपचारका लागि अस्पताल आएका हुन् । एकै दिन यति धरै ओपिडि सेवा लिनुलाई नौलो मानिएको छ ।

यसअघि करिब उक जारको हाराहारीमा मत्र बिरामीले ओपिडि सेवा लिने गरेका थिए । आउने गरेका दशैं अघिको चिकित्सकको आन्दोलन र दशैं विदाका कारण स्वास्थ्य परीक्षण गराउनेको संख्या बढेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनिले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा गत मंगलबारबाटै ओपिडि सेवा सेवा सुरु भएको हो । पूर्णिमापछि मात्रै संचालन हुने भनेर आज भिड बढेको डा. मरासिनिले बताउनुभयो ।

अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले सरकारी अस्पतालको सेवा प्रति विश्वस्त भएर बिरामीको चाप बढेको बताउनुभयो । अस्पतालको सेवालाई जनतामैत्री बनाईएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि