• होमपेज
  • Uncategorized
  • समाचार प्रभावः ‘भण्डारा महोत्सव’ राजश्व कार्यालयमा दर्ता

समाचार प्रभावः ‘भण्डारा महोत्सव’ राजश्व कार्यालयमा दर्ता

  • आइतबार, अशोज २२, २०७४
समाचार प्रभावः ‘भण्डारा महोत्सव’ राजश्व कार्यालयमा दर्ता

बिकास पौडेल,

चितवन, असोज २२–

दर्ता विना नै संचालनमा आएको ‘भण्डारा महोत्सव’ अन्ततः राजश्व कार्यालय भरतपुरमा दर्ता भएको छ ।

केहीदिन अघि नारायणी अनलाईनले ‘दर्ता बिना ‘भण्डारा महोत्सव’ संचालन, कारवाही गर्ने राजश्व कार्यालयको चेतावनी’ शीर्षकमा समाचार प्रकाशन गरेपनि महोत्सव आयोजक टिमले आज (आईतबार) राजश्व कार्यालय भरतपुरमा दर्ता गराएको हो । महोत्सव संचालक समितिले २७ लाख अनुमानित आयसहित ६० हजार रुपैयाँ धरौटी राखेर दर्ता गरेको आन्तरिक राजश्व कार्यालय भरतपुरका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । नारायणी अनलाईनको समाचारका कारण आन्तरिक राजश्व कार्यालयले ताकेता गरेपछि महोत्सव संचालक समिति दर्ता प्रक्रियामा गएको हो ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ५ मा बिहीबारबाट पहिलो पटक ‘भण्डारा साँस्कृतिक महोत्सव, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७४’ सुरु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार