• होमपेज
  • समाचार
  • राष्ट्रिय आवश्यकताले गर्दा एकीकरण प्रक्रिया थालेका हौं : अध्यक्ष दाहाल

राष्ट्रिय आवश्यकताले गर्दा एकीकरण प्रक्रिया थालेका हौं : अध्यक्ष दाहाल

  • आइतवार, अशोज २२, २०७४
राष्ट्रिय आवश्यकताले गर्दा एकीकरण प्रक्रिया थालेका हौं : अध्यक्ष दाहाल

काठमाडौँ, असोज २२ –

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

नेकपा९माले०बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पनि एकता जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ध्रुवीकरणको प्रक्रिया राष्ट्रिय आवश्यकता हो । समयको चाहना हो । समाजवादी क्रान्तिको आधार तयार पार्न हामीले एकीकृत प्रयास गर्न लागेका हौँ ।”

विचार, सिद्धान्त र समयको आवश्यकताका आधारमा नेकपा९एमाले०, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीकाबीचमा एकता अत्यावश्यक र जरुरी रहेको भन्दै उहाँले संविधान प्रदत्त समाजवादलाई लागू गराउनु आफूहरुको ध्येय रहेको स्पष्ट पार्नुभयो ।

हिमाल, पहाड, तराईलाई एकीकृत बनाएर संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण पछिल्लो दिनमा पार्टीप्रति आर्कषण बढेको उहाँको दाबी थियो ।  – रासस

Facebook Comments

सम्बन्धित समाचार