• होमपेज
  • समाचार
  • एनआरएनए उपकोषाध्यक्षमा चितवनका सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए उपकोषाध्यक्षमा चितवनका सापकोटाको उम्मेदवारी घोषणा

  • आइतवार, अशोज २२, २०७४
एनआरएनए उपकोषाध्यक्षमा चितवनका सापकोटाको उम्मेदवारी घोषणा

चितवन,असोज २२-

एनआरएनएको आठौं ग्लोबल सम्मेलनमा डेनमार्कका सोम सापकोटाले उपकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा कार्यक्रम गरी सापकोटाले संस्था बलियो बनाउन आर्थिक पाटो सबल बनाउने योजनासहित उम्मेदवारी घोषणा गरे । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ,’ उनी भन्छन्, ‘आर्थिकरुपमा सबल बनाउन सकिन्छ, त्यसको सुरुवात म गर्छु ।’

सापकोटाले गुणात्मक सदस्य विस्तार गर्दै सबै देशमा सामाजिक कोष स्थापना गर्ने लक्ष्य रहेको बताए । सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा एनआरएनए डेनमार्कका संस्थापक अध्यक्ष हुन् । उनी दुई कार्यकाल केन्द्रीय सदस्य र यूरोप सहसंयोजक भएर काम गरेका छन् । चितवन घर भएका सापकोटा डेनमार्कस्थित पर्यटन बोर्डका प्रतिनिधि हुन् ।

Facebook Comments

सम्बन्धित समाचार