• होमपेज
  • समाचार
  • गैंडाकोटमा सिटी बस र माईक्रो बस ठोक्किदा तीन जना गम्भिर घाईते

गैंडाकोटमा सिटी बस र माईक्रो बस ठोक्किदा तीन जना गम्भिर घाईते

  • आइतवार, अशोज २२, २०७४
गैंडाकोटमा सिटी बस र माईक्रो बस ठोक्किदा तीन जना गम्भिर घाईते

गैंडाकोट, असोज २२–

नवलपरासीको गैंडाकोट नगरपालिका–९, स्थित पितौजीमा आज (आईतबार) दिउँसो माईक्रो र सिटी बस ठोक्किदा तीन जना घाईते भएका छन् ।

दुर्घटनामा परि माईक्रो बसमा सवारी तीन जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज र एलाईभ हस्पिटल लगिएको छ । उनीहरुको परिचय खुलेको छैन् । प्युठानबाट काठमाडौं जाँदै गरेको बा ४ ख २९७४ नम्बरको माईक्रो बसले र सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १५७३ नम्बरको सिटि बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सिटि बसलाई पछाडीबाट ठक्कर दिएको माईक्रो बसका अगाडि भागमा सवार यात्रुहरु च्यापिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार