पूर्वपदाधिकारीलाई सुविधा दिने विधेयक उपसमितिमा पारित
काठमाडौं, असोज १ ‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन–२०७४’ आइतबार उपसमितिबाट पारित भएको छ । व्यवस्थापिका–संसद, राज्य समितिअन्तर्गत् रहेको उपसमितिको आइतबार बसेको बैठकले सो विधेयक पारित गरेको हो । उपसमितिको प्रतिवेदनमा ‘पूर्वपदाधिकारी’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषदका अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, सभामुख र राष्ट्रियसभाका अध्यक्ष भइ निवृत्त व्यक्ति बुझिने उल्लेख छ । सो […]