• होमपेज
  • समाचार
  • ‘जोनी जेन्टलम्यान’को सुखद् कलेक्सन, कति कमायो तीन दिनमा ?

‘जोनी जेन्टलम्यान’को सुखद् कलेक्सन, कति कमायो तीन दिनमा ?

  • सोमवार, अशोज २, २०७४
‘जोनी जेन्टलम्यान’को सुखद् कलेक्सन, कति कमायो तीन दिनमा ?

चितवन,असोज २-

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको नीतिन चन्द निर्देशित चलचित्र जोनी जेन्टलम्यानले पनि सुखद कलेक्शन गरेको छ । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्रले दोस्रो दिन भने सबैतिर हाउसफूल व्यापार गर्‍यो ।

देशभर वितरणको जिम्मा लिएका वितरक सुनिल मानन्धरले जोनी जेन्टलम्यानले तीन दिनमा १ करोड ५ लाख ग्रस कलेक्सन गरेको बताए। चलचित्रले प्रदर्शनको तीन दिनमा राजधानीबाट ५७ लाख र मोफसलबाट ४८ लाख कलेक्सन गरेको छ ।

एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।  चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायांकन, पारस विक्रम शाह र देव महर्जनको द्वन्द्व, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ भने अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार