• होमपेज
  • मनोरञ्जन
  • ‘भोयज अफ क्रिएशन’ फेसन शो चर्चित नायिकाहरु उत्रिदा..

‘भोयज अफ क्रिएशन’ फेसन शो चर्चित नायिकाहरु उत्रिदा..

  • सोमवार, अशोज २, २०७४
‘भोयज अफ क्रिएशन’ फेसन शो चर्चित नायिकाहरु उत्रिदा..

काठमाडौं, असोज २–

नेपाल इन्स्टिच्युट अफ फेसन, (नीफ)को आयोजना र श्रेष्ठ इभेन्ट्सको व्यवस्थापन तथा सुवास श्रेष्ठको संयोजनमा संचालन भएको ‘भोयज अफ क्रिएसन’ नामक सो फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा अन्ततः वसन्त बुढा, सन्ध्या माझी र मन्दिरा श्रेष्ठको सामूहिक कार्यले विजेताको रुपमा सफलता हात पार्‍यो ।

गार्बेज रिनोभेसन शीर्षकमा प्रस्तुत उनीहरुको कलेक्सन पूनःप्रयोग सन्देशमा केन्दि«त थियो । जसमा फ्लेक्स, सिडी चक्काहरु, अल्मुनियम फोयल, प्रयोग भइसकेका ब्यागहरु, टेप तथा प्लास्टिकलाई पहिरनको स्वरुप प्रदान गरिएको थियो ।


प्रतियोगिताको फस्ट रनर अपका रुपमा प्रमिन शाक्य, दुश्यन्त रुम्दली राई र करिश्मा लामाको समूहले तयार पारेको पहिरनहरुले सफलता प्राप्त गर्‍यो । उनीहरुको सृजना भने पेपीरस शीर्षक अन्तर्गत थियो । जसमा पहिरन सबै स्वरुपहरु कागजको प्रयोगबाट तयार पारिएको थियो । कागज पूनःप्रयोग तथा कागजको सुन्दरता उपयोगितालाई यो कलेक्सनले देखाएको थियो । ओम्नीजम शीर्षकमा प्रस्तुत लक्ष्मी थापा मगर र अमृता थापा मगरको जोडीले प्रतिस्पर्धामा सेकेन्ड रनर अपको स्थान प्राप्त गर्‍यो । उनीहरुको सृजना सबै धर्म प्रति सम्मानमा केन्दि«त थियो जसमा बहुधार्मिक प्रतिकहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको थियो ।

१२ जना महिला मोडल र ६ जना पुरुष मोडललाई सहभागी फेसन डिजाइनरहरुले आफ्नो सृजनालाई रनवे माथि प्रस्तुत गर्ने माध्यम बनाए पनि हरेक सिक्वेन्सको अन्तिम पहिरनलाई मास्टरपीस अर्थात् कलेक्सनको विशेष पहिरनमा रुपमा प्रदर्शन गरेका थिए ।
३१ प्रतिस्पर्धी डिजाइनरका १६ कलेक्सनमा हरेकमा ६ वटा पहिरन र एउटा मास्टरपीस सहित ७ वटा सृजना मार्फत् सहभागि डिजाइनहरुले फेसन प्रतिस्पर्धामा आ आफ्नो दाबेदारी दिएका थिए ।

संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत उक्त फेसन प्रतिस्पर्धामा पूर्व मिस नेपाल सुगारिका केसी, अभिनेत्रीहरु नम्रता श्रेष्ठ, वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, जेबिका कार्की र मोडल पूजा श्रेष्ठले जर्दोजी बुटिक अमितेष कर्ण र इन्दु आछाजुले तयार पारेको पार्टी र फेस्टिभ मूडमा आधारित विविध शैलीका लहेंगाहरुको प्रस्तुति विशेष आकर्षण रुपमा रह्यो ।

फेसन डिजाइनरत्रय मुक्ता श्रेष्ठ, दलजीत कौर सुडान र योगेन्द« मेहर बज्राचार्यको निर्णायक टोली रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार