• होमपेज
  • समाचार
  • ठोरी गाउँपालिकामा मतदान सम्पन्न, ७० प्रतिशत भोट खस्यो

ठोरी गाउँपालिकामा मतदान सम्पन्न, ७० प्रतिशत भोट खस्यो

  • सोमवार, अशोज २, २०७४
ठोरी गाउँपालिकामा मतदान सम्पन्न, ७० प्रतिशत भोट खस्यो

हेम चापागाई
पर्सा (बिजयबस्ती) असोज २ –
ठोरी गाउँपालिका अन्र्तरगतका मतदान केन्द्रहरुमा मतदान सम्पन्न भएको छ । गाउँपालिका भरीका मतदान केन्द्रहरुमा लगभग ७० प्रतिशत मतदान भएको छ । प्राप्त बिबरण अनुसार दिपकनगर(ठोरी) केन्द्रमा १६५४ मतदाता मध्ये ११०३ जनाले मतदान गरेका छन् । त्यस्तै गौतमनगर केन्द्रमा जम्मा २०४३ मतदाता मध्ये १३७६, ज्ञानज्योति आधारभुत बिद्यालय घ्याङडाँडामा १९३३ मतदाता मध्ये १३५७, बिजयबस्ती माबि मतदान केन्द्रमा जम्मा १०६४ मतदाता मध्ये ७९३ जना मतदाताले मतदान गरेका छन् । त्यस्तै ज्ञानबाटिका सुवर्णपुर मतदात केन्द्रमा ६०० र बालज्योति प्राबि सुवर्णपुरमा ७८८ मत खसेको छ ।

बाँकी रहेको ओडार माबि मतदान केन्द्रको भने बिबरण आउन बाँकी रहेको छ । मतदान सम्पनन भईसकेका सबै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु गाउँपालिकाको सेवाकेन्द्र सुवर्णपुरमा ल्याउने कार्य भईरहेको निर्वाचन अधिकृतको कार्यलय सुवर्णपुरले जनाएको छ । साथै सबै मतपेटिकाहरु आईसकेपछि सर्वदलीय छलफल पछि आजै बाट मतगणना सुरु गरिने पनि अधिकृत निर्वाचन अधिकृतको कार्यलय सुवर्णपुरले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार