• होमपेज
  • समाचार
  • उत्तर कोरियालाई अमेरिकाले दियो अहिलेसम्मकै गम्भीर चेतावनी

उत्तर कोरियालाई अमेरिकाले दियो अहिलेसम्मकै गम्भीर चेतावनी

  • सोमवार, अशोज २, २०७४
उत्तर कोरियालाई अमेरिकाले दियो अहिलेसम्मकै गम्भीर चेतावनी

एजेन्सी, असोज २ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियालाई अहिलेसम्मकै सबैभन्दा गम्भीर चेतावनी दिएका छन् । यदि उसले परमाणु एवं बैलिस्टिक मिसाइल अभियान नरोके उत्तर कोरियालाई नै ध्वस्त पारिन सक्ने भन्दै अमेरिकाले उत्तर कोरियालाई चेतावनी दिएको छ ।

अमेरिका र उसको सहयोगी देशका अधिकारीद्वारा प्योंगयोंगलाई नियन्त्रणमा लिन तरिकाहरु खोजी भइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नेछन् र बिहीबार जापान र दक्षिण कोरियाका आफ्ना समकक्षीसँग भेट गर्नेछन् ।
संयुक्त राष्ट्रमा वाशिंगटनकी राजदूत निक्की हैलेले न्यूयार्कमा हुने आगामी बैठकभन्दा अगाडि नै दबाब बनाउने प्रयास गरिन् । उनले भनिन्, ‘यदि उत्तर कोरिया अमेरिका वा अन्य सहयोगी राष्ट्रहरुका लागि गम्भीर खतरा पैदा गर्छ भने उत्तर कोरियालाई ध्वस्त बनाइदिइनेछ ।’

Facebook Comments

सम्बन्धित समाचार