• होमपेज
  • समाचार
  • दुईवटा राष्ट्रसंघीय सम्झौतामा हस्ताक्षर गर्दै नेपाल

दुईवटा राष्ट्रसंघीय सम्झौतामा हस्ताक्षर गर्दै नेपाल

  • सोमवार, अशोज २, २०७४
दुईवटा राष्ट्रसंघीय सम्झौतामा हस्ताक्षर गर्दै नेपाल

काठमाडौं,असोज २ –

नेपालले आणविक अस्त्र निषेध सम्बन्धी संयुक्त राष्ट्रसंघीय र राष्ट्र संघ सुधार सम्बन्धी राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धी राजनीतिक घोषणामा हस्ताक्षर गर्न संयुक्त राष्ट्र संघका नेपालस्थित प्रतिनिधि दूर्गाप्रसाद भट्टराईलाई र आणविक अस्त्र निशेषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार