• होमपेज
  • देश
  • काभ्रेपलाञ्चोकको गुठी जग्गा खारेज गर्न माग

काभ्रेपलाञ्चोकको गुठी जग्गा खारेज गर्न माग

  • सोमवार, अशोज २, २०७४
काभ्रेपलाञ्चोकको गुठी जग्गा खारेज गर्न माग

बनेपा,असोज २ –

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ खरेलथोकमा स्थानीयवासीले गुठी जग्गा खारेजीको माग गरेका छन् ।

वर्षौंदेखि जोतभोग गरेको जग्गाको तिरो तिर्न कठिनाइ भएकाले पुनः निर्माणका लागि गुठी जग्गामा घर बनाउन रु पाँच हजारदेखि रु १० हजारसम्म राजश्व तिनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताए ।

“गुठीको जग्गाको प्रतिरोपनी रु २०० तिर्न सक्ने अवस्थामा हामी छैनौँ, यो खारेज गर्नुपर्छ,” पाँचखाल नगरपालिका–११ का पुष्पबहादुर श्रेष्ठले भन्नुभयो । गुठीको जग्गामा जबर्जस्ती सम्झौता गर्न लगाएर पुनः निर्माणका लागि पहिलो र दोस्रो किस्ताको रकम लिएपनि तेस्रो किस्ताबापतको रकम नआउने स्थिति रहेको उहाँले बताउनुभयो । तत्कालीन राणाको श्रीमती दमन्तादेवीको नाममा भएको गुठीको जग्गामा आफूले जोतभोग गरेको श्रेष्ठले बताउनुभयो ।

पाँचखाल नगरपालिका–११ का रमेश खरेलले गुठीको जग्गा अधिकांश पाखो डाँडा रहेको उल्लेख गर्दै रैकर जग्गाको जति तिरो हुन्छ त्यति नै तिरो गुठी जग्गाको पनि हुनुपर्ने माग गर्नुभयो । “एक रोपनी जग्गाको ३० पाथी धान तिरोस्वरुप तिर्नुपर्छ तर धेरैजसो खोलाले बगाइदिन्छ अनि कसरी तिरो तिर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

सो क्षेत्रमा व्यक्तिगत गुठी, मन्दिर गुठी र निजी गुठीका गरी ३०० घर परिवारको बसोबास रहेको छ । तर उनीहरुलाई आफू कस्तो जग्गा र कसको जग्गामा बसेको भन्ने विषयमा जानकारी छैन । “एक वर्ष एउटालाई तिरो तिर्छौं, अर्को वर्ष अर्कोलाई तिर्छौं,” पाँचखाल नगरपालिका–११ का नवराज सेंढाइले भन्नुभयो ।

पाँचखाल नगरपालिका–११ का वडाध्यक्ष शिवशरण लामाले सरकारले गुठी जग्गाको तिरोको विषयमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिँदै गुठी जग्गालाई पनि रैताने गर्न समस्या हुने बताउनुभयो ।

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले गुठी जग्गाको तिरो तिरेको रसिद माग गर्न आग्रह गर्दै स्थानीय निकायले भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पाँचखालमा गुठी समस्याबाहेक सुकुम्बासी र खाँद जग्गाको समेत समस्या रहेको बताइएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा