• होमपेज
  • समाचार
  • बजारमा हजारका नक्कली नोटको बिगबिगी सचेत रहन आग्रह

बजारमा हजारका नक्कली नोटको बिगबिगी सचेत रहन आग्रह

  • सोमवार, अशोज २, २०७४
बजारमा हजारका नक्कली नोटको बिगबिगी सचेत रहन आग्रह

गोरखा,असोज २-

सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ। १ हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन्। नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका-७ बतासेका व्यापारी प्रकाश रोकाले भने। नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली नोट फेला परेको थियो।

नयाँबजारकै जनमुखी सहकारीमा पनि १ हजारकै नक्कली नोट फेला परेको हो। नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। नक्कली नोटको कारोबार गर्नेको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। फेला परेका नक्कली नोटमा एउटै च २५, ४३६१३३ नम्बर उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार