• होमपेज
  • मनोरञ्जन
  • सलमान खानसँग दीपिका ‘किक–२’ मा

सलमान खानसँग दीपिका ‘किक–२’ मा

  • सोमवार, अशोज २, २०७४
सलमान खानसँग दीपिका ‘किक–२’ मा

काठमाडौँ,असोज २ –

बलिउड अभिनेत्री दीपिका पादुकोणको लामो समय देखिको इच्छा अब पूरा हुने भएको छ । सलमान खानसँग दीपिकाले ‘किक–२’ मा अभिनय गर्ने भएकी छिन् । फिल्म ‘किक–२’ को सुटिङ यही वर्षको अन्त्यबाट सुरु हुनेछ भने सन् २०१९ को क्रिसमसमा रिलिज गर्ने तयारी छ । अहिले सलमान खान नयाँ फिल्म ‘टाइगर जिन्दा है’र दीपिका नयाँ फिल्म ‘पद्मावती’को काममा व्यस्त छिन् ।

यसअघि ‘टाइगर जिन्दा है’मा सलमानसँग दीपिकाले काम गर्ने फाइनल भएको थियो । तर, त्यसबेला दीपिका नयाँ फिल्म ‘पद्मावती’का लागि व्यस्त भएपछि सलमानले कैटरीना कैफसँग रोमान्स गरे । यसअघिको फिल्म ‘किक’मा ज्याकलिन फर्नान्डिजले मुख्य भूमिका निर्वाहा गरेकी थिइन् । यसको सिक्वेलमा भने ज्याकलिनलाई दीपिकाले रिप्लेस गरेकी छिन् । ज्याकलिन फिल्ममा नरहने निर्माण पक्षले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार