जाजरकोटको बारेकोटवासीको चिन्ताः अक्षता बनाउने चामल छैन !
नरेश राना मगर जाजरकोट,भदौं २७- जिल्लाको बारेकोट क्षेत्रमा दशै-तिहारमा पनि खाद्यान्न अभाव हुने भएपछि स्थानीय चिन्तित भएका छन् । चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डीपोमा दशै अगाडि खाद्यान्न (चामल) नपुग्ने भएको हो । बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाउँ, मुल्साम, जिरी, समाकोट, गोठगाँउ लगायतका गाउँमा खाद्य संकट परेको छ । […]