• होमपेज
  • देश
  • माथिल्लो सोलु हाइड्रो पावर र साल्मेलीबीच सहमति

माथिल्लो सोलु हाइड्रो पावर र साल्मेलीबीच सहमति

  • शनिबार, भदौ ३१, २०७४
माथिल्लो सोलु हाइड्रो पावर  र साल्मेलीबीच सहमति

सल्लेरी (सोलुखुम्बु),भदौ ३१ –

निर्माणाधीन माथिल्लो सोलु हाइड्रो पावर कं र प्रभावित क्षेत्र साल्मेका बासिन्दाबीच आंशिक सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले स्थानीयवासीले राखेका मागलाई केन्द्र भागमा राखेर पूरा गर्न सकिने माग तत्काल कार्यान्वयन गर्ने गरी द्विपक्षीय सहमति गरिएको छ ।

सोलु दूधकुण्ड नगरपालिका–७ साल्मेका प्रभावित १९ परिवारले राखेका सातबुँदे मागका आधारमा छलफल गरी निष्कर्ष स्वीकार्ने सहमतिका आधारमा प्रभावित क्षेत्रको वास्तविकता पहिचानका लागि उच्चस्तरीय प्राविधिकविज्ञ टोली तत्काल गठन गर्ने निर्णय गरिएको छ ।

यसअघि साल्मेलीले माथिल्लो र तल्लो सोलु हाइड्रो पावर कंको कामले बस्ती बाढीपहिराको जोखिम परेको भन्दै पुनःस्थापनाको माग गर्दै आएका थिए तर कंले पुनःस्थापना गर्न नसक्ने भएपछि सहमतिका लागि प्रभावित क्षेत्रका बासिन्दा लचक बनेका हुन् । टोलीको प्रतिवेदनलाई दुवै पक्षले स्वीकार्ने सहमतिसमेत गरिएको हो ।

सांसद बलबहादुर केसी, कं प्रमुख नाम्गेलजाङ्बु शेर्पा र प्रजिअ भूपेन्द्र थापा उपस्थित बैठकले प्रभावित समुदायले राखेको जीवन बीमाको मागलाई कंको माथिल्लो निकायसम्म पुनः व्याख्या गर्ने, प्रभावित परिवारका लागि रु दुई करोड फ्री शेयरबापत डिम्याट खातामा जम्मा गर्नुपर्ने मागका सम्बन्धमा सम्बोधनका लागि बोर्ड बैठकमा पेश गर्ने र १५ दिनभित्र सकारात्मक निर्णय पेश गर्ने द्विपक्षीय सहमति गरिएको छ ।

त्यस्तै प्रभावित १९ परिवारमा ‘एक घर एक रोजगारी’को व्यवस्था मिलाउन कं सहमत देखिएको छ । उनीहरुको क्षमताका आधारमा रोजगारी प्रदान गरिने सहमति गरिएको हो ।

हाइड्रोले नेपाल सरकारसँग प्रतिबद्धता गरेको सामाजिक उत्तरदायित्वभित्रका काम गर्न तत्काल शुरु गर्ने गरी गरिने केही कामसमेत तोकिएको छ । साल्मेस्थित पौराणिक पक्की पाटीको निर्माण गर्ने, प्रभावित साल्मे बस्तीलाई सल्लेरी चयाल्साको विद्युत् प्रसारण लाइन विस्तार गर्ने, साल्मे र गार्मा क्षेत्रमा पर्ने पुरानो बाटामा आवश्यकतानुसार क्रसिङ पुल निर्माण गर्ने, आयोजना अवधिभर सञ्चालनका लागि दक्ष स्वास्थ्यकर्मीको व्यवस्थासहित मेडिकल क्याम्प स्थापना गर्ने र साल्मे–गार्मा विद्यार्थी आवतजावतका लागि यातायातको व्यवस्था गर्ने गरी कं र आन्दोलनरत पक्षबीच सहमति गरिएको संघर्ष समितिका संयोजक राजकुमार प्रधानले जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने