• होमपेज
  • मनोरञ्जन
  • नेपाली गायिका मोनालिसाले गाईन अंग्रेजी गीतः ‘विश्वमै पृथक'(हेर्नुहोस भिडियो)

नेपाली गायिका मोनालिसाले गाईन अंग्रेजी गीतः ‘विश्वमै पृथक'(हेर्नुहोस भिडियो)

  • शनिबार, भदौ ३१, २०७४
नेपाली गायिका मोनालिसाले गाईन अंग्रेजी गीतः ‘विश्वमै पृथक'(हेर्नुहोस भिडियो)

काठमाडौं, भदौ ३१ –

गायिका तथा मोडल मोनालिसा पराजुली आफ्नो नयां अंग्रेजी गीत लिएर दर्शक स्रोतामाझ आएकी छिन्। उनको गीत ‘कलरफुल माईन्ड’को भिडियो हालै सार्वजनिक भएको छ। जसको निर्देशन समेत गायिका मोनालिसाले नै गरेकी छिन् ।

मोनालियाकै अभिनय रहेको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको मोनालिसाले बताइन् ।

पवन थापाको संगीत रहेको गीतको भिडियोमा सन्दीप श्रेष्ठको छायांकन तथा बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।

गायिका तथा मोडल मोनालिसा गायक सुवास पराजुलीकी छोरी हुन् ।

मोनालिसाको गीतको लय, सुटिङको लोकेशन, अभिनयको शैलीले पश्चिमा शैलीको झल्को दिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार