• होमपेज
  • देश
  • भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी

भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी

  • बुधबार, भदौ २१, २०७४
भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी

बनेपा,भदौ २१ –

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ ।

जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिनुभयो । मिटर जडान नगरी विद्युत् उपभोग गर्नु नै हुकिङ हो ।

विद्युत् चोरी बढेपछि पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको र उहाँहरुले पनि विद्युत् चोरी हुन नदिन प्रतिबद्धता व्यक्त गरेको जनाउँदै वितरण केन्द्र प्रमुख यादवले पुनः निर्माण प्राधिकरणलाई समेत जानकारी दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चेतनाको कमीले कानुनी अपराध गरेको देखियो यसको अन्त्य जरुरी छ ।”

आव २०७३÷७४ मा विद्युत् चोरीको आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ गरेको उल्लेख गर्दै उहाँले ग्रामीण क्षेत्रमा विद्युत् चोरी गर्दैनौँ भन्ने मानसिकताको विकास हुनुपर्ने बताउनुभयो ।

केन्द्र प्रमुख यादवले विद्युत्लाई पनि मौलिक हकका रुपमा व्याख्या गर्नुपर्ने तर्क गर्दै मिटरबाट मात्रै चोरी भएका ग्राहकको सङ्ख्या ५१ पुगेको जानकारी दिनुभयो । उहाँले विद्युत् चोरीमा कडाइ गरेपछि हुकिङ घट्दो अवस्थामा देखिएको छ भन्नुभयो ।

यसैबीच नमोबुद्ध नगरपालिकाको भकुण्डेमा त्यस क्षेत्रका ग्राहकलाई लक्षित गरी विद्युत् प्राधिरकरणको काउण्टर स्थापना हुने भएको छ । त्यसका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, तिहारसम्ममा सञ्चालन हुन्छ केन्द्र प्रमुख यादवले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि क्षेत्रका लागि विद्युत् सबस्टेसन बनाउने तयारी भएको छ । त्यस क्षेत्रमा विद्युत् लाइन विस्तारको कामसमेत भएको बताइएको छ । प्राविधिक हिसाबले विद्युत् वितरणको विषय यो जिल्लामा मिलेको छैन, त्यसको गम्भीरतालाई ध्यानमा राखेर काठको पोल हटाउने तयारी पनि भएको छ केन्द्र प्रम्ख यादवले भन्नुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा