• होमपेज
  • देश
  • मुग्लिन–नारायणगढ सडकको सूचना दिन ठाउँठाउँमा डिजिटल बोर्ड

मुग्लिन–नारायणगढ सडकको सूचना दिन ठाउँठाउँमा डिजिटल बोर्ड

  • बुधबार, भदौ २१, २०७४
मुग्लिन–नारायणगढ सडकको सूचना दिन ठाउँठाउँमा डिजिटल बोर्ड

चितवन,भदौं २१-

काठमाडौं जाने र काठमाडौंबाट बाहिरिने यात्रुलाई अचेल सबैभन्दा धेरै नारायणगढ–मुग्लिन सडकको अवस्था के होला भन्ने पिरलो हुन्छ । यात्रा गर्न लागेकाहरुको जिज्ञासा मेटाउन नारायणगढ–मुग्लिन सडक आयोजनाले काठमाडौंलगायत ठाउँठाउँमा डिजिटल सूचना बोर्ड राख्न लागेको छ । सो खण्डमा पहिरो गएर बाटो बन्द छ वा खुला छ जस्ता जानकारी बोर्डमा आउने छ ।

‘हामीले यस्ता सूचना बोर्डहरु सात ठाउँमा राख्न लागेका हौं । काठमाडौं नागढुंगामा दुई महिनाअघि नै राखेको हो । नारायणगढ–आँपटारीमा मंगलबार राख्यौं’ यो हप्ता मुग्लिन र हेटौंडामा पनि राख्ने छौं’ नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने । नौबिसे, पथलैया र बुटबलमा पनि यस्तो सूचना बोर्ड राखिने छ ।

आयोजनाले वर्षायाममा पहिरोको जानकारी दिन यस्ता सूचना बोर्ड राख्न लागेको थियो । चैतमै प्रक्रिया सुरू गरेर चीनबाट बोर्डका सामग्रीहरु ल्याउन खोजिएको हो । तर, आउन समय लागेको आयोजनाका सूचना अधिकारी खनालले बताए । एउटा सूचना बोर्ड राख्न २२ लाख रूपैयाँ खर्च हुने छ । अर्थात् सूचना बोर्डका लागि मात्रै एक करोड ५४ लाख रूपैयाँ खर्च भएको छ ।

सौर्य उर्जाबाट बोर्ड चल्ने छ । बाटोको अवस्था के छ आयेजनाका अधिकारीहरुले इन्टरनेट भएको ठाउँबाट मोबाइल फोन सेट वा कम्प्युटरको मद्धतले बोर्डमा राख्नुपर्ने जानकारीहरु प्रवाह गर्ने छन् । ‘सूचना बोर्ड राखेको ठाउँमा नै पुगेर सूचना अपडेट गर्नुपर्छ भन्ने छैन । इन्टरनेट भएको ठाउँबाट मोबाइल फोन सेट वा कम्प्युटर मार्फत बोर्डमा राख्ने सूचना जारी गर्न सकिन्छ’ खनालले भने ।

सातवटै बोर्डका लागि एकै खालको वा फरकफरक सूचनाहरु राख्न मिल्ने सुविधा भएको खनालले बताए । पहिरो झरेको छ वा छैन, खुल्ने सम्भावना कति बेला छ जस्ता सूचनाहरु लगातार राख्न मिल्ने भएका कारण यात्रुहरुलाई ठूलो राहत हुने आशा राखेको खनालले बताए । सामान्य अवस्था भएका बेलामा ट्राफिक नियम पालना सम्बन्धी सूचनाहरु राखिने छन् ।

सडकखण्ड नजिकै रहेको नारायणगढ र मुग्लिनका साथै बुटवल र पूर्वमा पैथलैयामा सूचना बोर्ड राख्दा यात्रुहरुले त्यही अनुसारको योजना बनाउने छन् । सूचना बोर्डको आयु कम्तीमा १० वर्षको हुने खनालले जानकारी दिए ।

‘आयोजनाको काम सकिए पनि सूचना बोर्डहरु रहिरहने छन् । त्यो बेला पनि उपयुक्त सूचनाहरु राख्न काम लाग्ने छ’ इन्जिनियर खनालले भने । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको बनाउन विस्तारको काम भइरहेको छ । सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काट्ने काम भएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर हैरानी हुने गरेको छ ।

पहिरो जाँदा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको छ । पहिरोमा पुरिएर यात्रा गरी रहेका पाँच जनाको ज्यान गएको छ । त्यसैले ठाउँठाउँमा सूचना बोर्ड राखेर तत्कालको तत्कालै सूचना प्रवाह गर्ने व्यवस्था भए यात्रुहरुलाई सडकमा यात्रा गर्ने वा नगर्ने योजना बनाउन मद्धत मिल्ने आयोजनाले आशा राखेको छ ।

चितवनपोष्ट दैनिकवाट

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा