• होमपेज
  • अर्थ/वाणिज्य
  • चितवन र पोखराको पर्यटनलाई जोड्दै बुद्ध एयर, भरतपुर–पोखरा उडान भदौं ३० देखि

चितवन र पोखराको पर्यटनलाई जोड्दै बुद्ध एयर, भरतपुर–पोखरा उडान भदौं ३० देखि

  • बुधबार, भदौ २१, २०७४
चितवन र पोखराको पर्यटनलाई जोड्दै बुद्ध एयर, भरतपुर–पोखरा उडान भदौं ३० देखि

राजु चौधरी,

चितवन, भदौं २१–

पर्यटकीय नगरी चितवनको सौराहामा नेपालको दोस्रो पर्यटकीय गन्तव्य स्थल पोखराबाट दैनिकजसो पर्यटकहरु आउदथे । तर पछिल्लो समय पोखराबाट चितवन आउने पर्यटक आधा भन्दा कम छ ।

विशेषगरि विदेशी पर्यटक र पैसा हुँदाहुँदै पनि बाटोको कारण देखाएर सौराहा प्याकेज पर्यटकहरुले रद्ध गर्न थालेपछि यहाँका पर्यटन व्यवसायी निकै चिन्तित बनेका थिए । तर अब यो समस्यालाई केही हदसम्म टार्नका लागि हवाई प्रदायक कम्पनी बुद्ध एयरले पुलको काम सुरु गरेको छ । बुद्ध एयर यही भदौं ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने भएपछि सौराहाका पर्यटन व्यवसायीमा छुट्टै उत्साह छाएको छ ।

क्षेत्रीय होटल संघ नेपाल सौराहाका सचिव दामोदर रेग्मी भन्छन्–“बुद्ध एयरको भरतपुर–पोखरा उडान चितवनको पर्यटनका लागि अमृत सम्मान हुनेछ, चाहना हुँदाहुँदै पनि चितवन आउन नपाएका पर्यटकहरु यहाँ आउन पाउनु भनेको बुद्ध एयरको पुलको काम गर्नु हो ।”
यस हवाई उडानले सौराहाको पर्यटन व्यवसायीमा छुट्टै उत्साह छाएको सचिव रेग्मीले बताए । उनले भने–“नारायण–मुग्लिन सडक खण्डले सौराहाको पर्यटकको संख्या ५० प्रतिशतले कमी आएको छ, यस उडानले पर्यटकको संख्या वृद्धि गर्नेमा व्यवसायीहरु विश्वस्त छौं ।”

कतिपय पर्यटकहरु बाटोका कारण सौराहा प्याकेज रद्ध गर्दै पोखराबाटै काठमाडौं फर्किने गरेका छन् । पोखरामै रहेका आन्तरिक पर्यटकहरु पनि पैसा हुँदाहुँदै पनि सौराहा आउन सकिरहेका छैनन् । उनीहरुका लागि यो उडान भने फलदायी रहने छ । अहिले बुद्ध एयरले एउटा मात्र उडान भर्न लागेकोले सबै सौराहामा एकै चोटी ह्वात्तै पर्यटकको संख्या नबढाउँला तर यसले दिर्घकालिन रुपमा राम्रो प्रभाव पार्ने सचिव रेग्मी बताउँछन् । गत साउन अन्तिम साता आएको बाढीले सौराहाको पर्यटनमा करौंडोको क्षति भएको थियो । एकातिर बाढीको चपेटा र अर्को तिर पर्यटकको संख्यामा कमि आउँदा पर्यटन व्यवसायीहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् ।

बुद्ध एयरले भरतपुर–पोखरा उडानको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बुद्ध एयर प्रा.लि.भरतपुरका प्रवन्धक भक्तबहादुर बस्नेतले भने–“तयारी सबै पुरा भएको छ, पहिलो उडानका लागि पनि सबै सिट बुकिङ भईसकेको छ ।” प्रवन्धक बस्नेतले चितवनको पर्यटन व्यवसायीहरुको समस्यालाई बुझेरै यो उडान सुरु गरिएको बताए । “पर्यटन व्यवसायीहरु धेरै मारमा पर्नुभएको छ, उहाँहरुको आग्रहमै हामीले भरतपुर–पोखरा उडान सुरु गर्न लागेका हौं,” प्रवन्धक बस्नेतले भने “यस उडानले चितवनको पर्यटन व्यवसायलाई उकास्न मद्धत पुग्नेमा हामी विश्वस्त छौं ।”

बुद्ध एयरको पहिलो उडान पोखरा–भरतपुर विहान १० बजे र भरतपुर–पोखरा उडान १०:३५ मा हुने प्रवन्धक बस्नेतले बताए । यस्तै बुद्ध एयरले सोही दिनबाटै पोखरा–भैरहवा विहान ११:१० बजे र भैरहवा–पोखरा ११:४० बजे उडान भर्दैछ ।

बुद्ध एयरले भरतपुर–पोखराको हवाई भाडा दर ३ हजार ६ सय ५० रुपैयाँ तोकेको छ । बुद्ध एयरको १८ सिट क्षमता भएको जहाज यस क्षेत्रमा उडान भर्नेछ । सुरक्षित उडानका लागि छुट्टै पहिचान बनाएको बुद्ध एयरले सन् २००५ बाट भरतपुरमा सेवा शुभारम्भ गरेको थियो ।

एक समय पृथ्वी राजमार्गको कृष्णभिरको पहिरोले सडक मार्ग भएर यात्रा गर्ने यात्रुहरु निकै पिडामा थिए । त्यसबेला पनि बुद्ध एयरको उडान यात्रुहरुको लागि सहज बाटो बनेको थियो । अहिले नारायणगढ–मुग्लिन सडक खण्डमा दिनहुँ जसो खसीरहेको पहिरो र बाटो विस्तारको काममा भईरहेको ढिलाईले यात्रुहरु मर्कामा परेका छन् ।

बुद्ध एयरले भरतपुर–काठमाडौंमा अहिलेसम्मकै धेरै उडान भर्दै आईरहेको छ । यात्रुको चाप बढेको बेला बुद्ध एयरको दैनिक १९ वटा उडानसम्म भएको छ । आज मात्रै बुद्ध एयरको १३ वटा उडान रहेको छ । यस्तै यति एयरले ४ र सिम्रिक एयरले एउटा उडान भर्दै आईरहेको छ । यसले गदा काठमाडौंबाट सिधै चितवन आउने पर्यटकहरुका लागि केहीहदसम्मा भने सहज बनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार