• होमपेज
  • देश
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइओमा सन्तोष प्रसाई नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइओमा सन्तोष प्रसाई नियुक्त

  • शुक्रबार, फाल्गुन १८, २०८०
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइओमा सन्तोष प्रसाई नियुक्त

प्रभुमहालक्ष्मी लाइफइन्स्योरेन्स लिमिटेडको सिइओमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । २०८० फागुन १८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई सिइओ नियुक्त गरेको हो।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गर्नु भएका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिनु हुन्छ ।

प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सिइओको रुपमा नेतृत्व गरेको अनुभव छ ।

Facebook Comments

सम्बन्धित समाचार