• होमपेज
  • देश
  • सुनसरीमा केराखेतीमा ठूलो क्षति

सुनसरीमा केराखेतीमा ठूलो क्षति

  • शनिबार, भदौ ३१, २०७४
सुनसरीमा केराखेतीमा ठूलो क्षति

इनरुवा, भदौ ३१ –

सुनसरीमा केही दिन अगाडि आएको बाढीका कारण यहाँको केराखेतीमा ठूलो क्षति भएको छ ।

बाढीका कारण जिल्लाको अधिकांश स्थानका केराखेती बगाएको र बचेका पनि सुक्न थालेका छन् । केरामा क्षति भएपछि स्थानीय किसान निराश बनेका छन् । बाढीका कारण सदरमुकाम इनरुवा, भोक्राहा, जल्पापुर, बबिया, देवागञ्ज, हरिनगर, गढी र बर्जूलगायतका क्षेत्रमा केराखेतीमा क्षति भएको किसानले बताएका छन् ।

बाढीबाट केरामा क्षति भएपछि लगानीसमेत डुब्ने भएकाले जिल्लाका सयौँं किसान चिन्तित भएका छन् । सुनसरीमा झण्डै ७०० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएकोमा झण्डै १०० हेक्टर क्षेत्रफलको केराखेती बाढीले कटान गरी लगेको र बाँकी रहेका पनि सुक्न थालेपछि किसान चिन्तित बनेको स्थानीय किसान गणेश यादवले बताउनुभयो ।

यादवका अनुसार ‘बाढी कम भएसँगै धेरै स्थानमा केरा सुकेको छ’ । जिल्लाका केही ठाउँमा केरा पूर्णरुपमा सुकेको छ भने केही ठाउँमा सुक्ने क्रम जारिरहेको अर्का किसान बलराम मेहताले गुनासो गर्नुभयो ।

यहाँ पानी जम्ने क्षेत्रमा सबैभन्दा बढी क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । जिल्लाका किसानले एक दशकयता थालेको केराखेती एकपछि अर्को समस्याका कारण घट्दो क्रममा रहेको केरा कृषक सञ्जीव मेहताले गुनासो पोख्नुभयो ।

केरामा कुनै बेला बजारको अभाव, कहिले मौसमले साथ नदिएका कारण समस्या रहेको गुनासो गर्नुहँुदै मेहताले यसपालि पँुजी नै चौपट हुनेगरी बाढीमा केरा बगाएको र बचेका केरा सुक्न थालेपछि किसानको करोडौँको क्षति भएको बताउनुभयो ।

उहाँले किसानलेप्रति हेक्टर ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म लगानी गरेर दुई लाखदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकोमा यसपटकको बाढीले सबैलाई घाटा भएको बताउनुभयो ।

अर्का किसान देवराम यादवका अनुसार जिल्लामा केरा किसानलाई मात्रै १० करोड बढीको नोक्सानी भएको छ । जिल्लामा ब्लियम हाइब्रिड, रोबोष्टा, सिंगापुरी, हरिछाललगायतका उन्नत जातका केरा हुँदै आएको र उत्पादकत्व सात हजार ६०० मेट्रिक टन हँुदै आएको कृषि कार्यालयले जनाएको छ ।

बाढी आउनुभन्दा अघिसम्म यहाँ उत्पादित केरा काठमाडाँै, पोखरा र पूर्वमा इलामसम्म पुग्ने गरेकोमा अहिले जिल्लाको आपूर्ति धान्नसमेत समस्या भएको किसानको गुनासो छ । यता जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले क्षति भएको केराखेतीको विषयमा तथ्यांक संकलन गरेर कृषि विभाग र मन्त्रालय पठाएको बताउँदै क्षतिपूर्तिका लागि पहल गर्ने बताउनुभयो ।

उहाँले मन्त्रालयबाट क्षतिपूर्ति आएपछि आफूहरुले तुरुन्त कृषकलाई उपलब्ध गराउने समेत बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा