• होमपेज
  • मनोरञ्जन
  • नायक निखिलले मागे एमाले उम्मेदवारलाई भोट

नायक निखिलले मागे एमाले उम्मेदवारलाई भोट

  • शनिबार, भदौ ३१, २०७४
नायक निखिलले मागे एमाले उम्मेदवारलाई भोट

काठमाडौँ,भदौ ३१ –

नेपाली फिल्मका एक्सन सुपरस्टार निखिल उप्रेती अहिले सर्लाहीमा छन् । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि सर्लाहीमा रहेका निखिलले अहिले एमालेकी उम्मेदवार कल्पना कटुवालका लागि भोट मागिरहेका छन् । कल्पना ‘रुद्र’का नायक विश्व शर्माकी आमा हुन् । बरहथवा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी कल्पनाका लागि अहिले निखिल घरदैलो कार्यक्रममा भोट माग्न व्यस्त छन् ।

निखिलका दाई हरि उप्रेती सर्लाही क्षेत्र नम्बर ३ का निर्वाचित एमाले सांसद हुन् । यसअघि सांसदमा आफ्नो दाजुलाई जिताउन सर्लाही पुगेर भोट मागेका निखिलले अहिले कल्पना कटुवालको जितका लागि घरदैलो कार्यक्रममा दौडिरहेका छन् । उनले आफ्नो दाई एमालेको सांसद भएपनि आफू राजनीतितर्फ जाने सोच नभएको बताएका छन् ।

पटक-पटक एमालेका उम्मेदवारलाई भोट हाल्दै आइरहेका निखिलले घरदैलो कार्यक्रमको क्रममा कल्पना कटुवालको जित सुनिश्चित रहेको दाबी गरेका छन् । लगातार एकपछि अर्को फिल्म असफल भैरहेको अवस्थामा अहिले निखिल आफ्नै निर्देशनमा फिल्म ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को काममा व्यस्त छन् । असोज २ गते मतदान गरेपछि उनी काठमाडौं फर्किनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार