• होमपेज
  • समाचार
  • थरुहट आन्दोलनका घाईते सन्जीत महतोको उपचारका लागि ‘कलपाना’ फिल्मको च्यारिटी शो

थरुहट आन्दोलनका घाईते सन्जीत महतोको उपचारका लागि ‘कलपाना’ फिल्मको च्यारिटी शो

  • शनिबार, भदौ ३१, २०७४
थरुहट आन्दोलनका घाईते सन्जीत महतोको उपचारका लागि ‘कलपाना’ फिल्मको च्यारिटी शो

चितवन भदौं ३१–

थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारको सहयोगका लागि चितवनमा थारु भाषाको चलचित्र ‘कलपाना’को च्यारिटी शो गरिने भएको छ ।

आउँदो असोज ७ गते च्यारिटी शो गर्न लागिएको सन्जीत महतो राहत कोषले भरतपुरमा आज विहान पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

चर्चित निर्देशक स्वर्गीय शिव रेग्मीले निर्देशन गर्नुभएको यस चलचित्र थारु भाषाको देशकै दोश्रो चलचित्र हो । २०४९ सालमा छायाँंकन गरिएको चलचित्र २०५० सालमा प्रर्दशन गरिएको थियो । यो चलचित्रलाई थारु समुदायले ऐतिहासिक चलचित्रको रुपमा लिने गरेका छन् । चलचित्रको गीत, संगीत र कथाबस्तु अहिले पनि उत्तिकै कर्णप्रिय र समयसान्र्दभीक रहेकाले यो चलचित्रलाई नै च्यारिटी शो गर्न लागिएको सन्जीत राहत कोषका संयोजक शरदकुमार महतोले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्र सौराहास्थित थारु कल्चर हाउसमा हुने च्यारिटी शोका लागि ५ सय वटा टिकट विक्री गरिने राहत कोषले जनाएको छ । आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले च्यारिटी शो गर्न लागिएकाले प्रति टिकट ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । अहिले सम्म ३ सय भन्दाबढी टिकट विक्री भइसकेको थारु पत्रकार संघ चितवनका अध्यक्ष समेत रहनुभएका राहतकोषका सदस्य कारी महतोले जानकारी दिनुभयो । च्यारिटी शो सुरु हुनुअघि गायक मनोज महतो र अमित सिंह चौधरीको सांगेतीक प्रस्तुती रहनेछ । उनीहरुले नेपाली र थारु भाषाको गीत गाएर दर्शकलाई मनोरञ्जन दिनेछन् ।

को हुन् सन्जीत महतो ?

२०६५ मा भएको थरुहट आन्दोलनका क्रममा घाइते भएका रत्ननगर नगरपालिका–७ घर भएका सन्जीत महतोको स्वास्थ्य उपचार देखि उनको परिवारलाई दिगो आय–आर्जनको व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण छ । त्यसैले उनको उपचार र आगामि दिनमा सहज बाटो होस् भनेरै सन्जीत राहत कोष स्थापना गरिएको हो । स्थानीय युवाहरुको सहभागीतामा गठन भएको कोषले अहिले सम्म झण्डै साढे २ लाख भन्दाबढी आर्थिक संकलन गरिसकेको छ । भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा स्वास्थ्य उपचार भइरहेको सन्जीतको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ ।

केही दिनमा डिसचार्ज भएर घर फर्कीने तयारीमा रहेका सन्जीतको उचित व्यवस्थापनका लागि राहत कोषले आर्थिक संकलन गर्ने कार्यलाई तीब्रता दिएको छ । आर्थिक संकलन सँगै सन्जीत र उनका परिवार सँगै थारु समुदायका अगुवाहरुको बैठकले सन्जीतलाई दिगो आय आर्जन गर्न सकिने विकल्पहरुको विषयमा छलफल गरेर टुंगो लगाउने निर्णय समेत गरेको छ । सन्जीत राहतकोषका लागि स्वदेश तथा विदेशवाट आर्थिक सहयोग आउने क्रम जारी छ ।

आर्थिक अभावका कारण सन्जीत महतोले स्वास्थ्य उपचार पाउन सकेको थिएनन् । अहिले स्वास्थ्य उपचारसँगै दिगो व्यस्थापनको प्रयास हुन थालेपछि सन्जीत महतोको परिवारहरु समेत उत्साहीत देखिएका छन् । घाइते सन्जीत महतोको विग्रीदै गएको स्वास्थ्य अवस्थाको बारेमा झण्डै नौं वर्षपछि संचार माध्यममा सार्वजनिक भएपछि मात्रै उनको स्वास्थ्य उपचार प्रति चासो बढेको हो । स्थानीय युवाहरु उनको स्वास्थ्य उपचार सँगै दिगो व्यवस्थापनका लागि जुटेका छन् । थरुहट आन्दोलनमा होमिएका सन्जीतको प्रहरीको गोली लागेर गम्भिर घाईते भएका थिए । सोही घटना क्रममा प्रहरीकै गोली लागेर कमल चौधरी र विपिन खड्का शहिद भएका थिए । गोली लागेर ढलेका विपिनलाई उठाउन जाने क्रममा प्रहरीले सन्जीतको खुट्टामा गोली हानेको थियो ।

उनको उपचारका लागि सरकारले हालसम्म जम्मा ३२ हजार रुपैयाँ मात्रै सहयोग गरेको परिवारले जनाएको छ । त्यसपछि कुनै सहयोग आएको छैन् । सुरुमा उनको उपचार भने सरकारले गरेको थियो । सुरुमा ठिक हुँदै गएका सन्जीत पछि फेरी थला परेका हुन् । सन्जीत हाल ३१ वर्षका भएका छन् । उनको एक छोरा र श्रीमती छन् ।

Facebook Comments

सम्बन्धित समाचार