• होमपेज
  • देश
  • नवलपरासी आउँदै गरेको बस धादिङमा दुर्घटना, घाइते ३१ मध्ये ४ गम्भीर

नवलपरासी आउँदै गरेको बस धादिङमा दुर्घटना, घाइते ३१ मध्ये ४ गम्भीर

  • मङ्लबार, भदौ २७, २०७४
नवलपरासी आउँदै गरेको बस धादिङमा दुर्घटना, घाइते ३१ मध्ये ४ गम्भीर

काठमाडौं,भदौं २७-

काठमाडौँबाट नवलपरासीको त्रिवेणी आउँदैं गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।

चवालीसजना यात्रु लिएर हिँडेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ । बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । १३ जना यात्रु भने सकुशल छन् ।

Facebook Comments

सम्बन्धित समाचार