• होमपेज
  • Uncategorized
  • क्याची एजुकेशनले अष्ट्रेलियाको सेमिनार गर्ने

क्याची एजुकेशनले अष्ट्रेलियाको सेमिनार गर्ने

  • मङ्लबार, भदौ २७, २०७४
क्याची एजुकेशनले अष्ट्रेलियाको सेमिनार गर्ने

चितवन,भदौं २७-

क्याची एजुकेशन एण्ड कन्सलटेन्सीले अष्ट्रेलिया शिक्षा र अग्रेजी भाषा अभ्यासका लागि प्रोत्साहन गर्ने उद्देश्यले एक दिने सेमिनार गर्ने भएको छ । असोज ३ गते चितवन मेडिकल कलेज अगाडी रहेको होटल अशोकामा सेमिनार आयोजना गरिएको कन्सलटेन्सीका प्रवन्ध निर्देशक राहुल कुमार सिंहले जानकारी दिनुभयो । सेमिनार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्ने छ । सेमिनारमा प्रवेश निशुल्क रहेको प्रवन्ध निर्देशक सिंहले बताउनुभयो ।

सेमिनारमा अष्ट्रेलिया सेफ्फिल्ड कलेजका प्रतिनिधिले अष्ट्रेलियाको शिक्षाको विषयमा जानकारी गराउने उहाँले बताउनुभयो । साथै कार्यक्रममा अष्ट्रेलिया शिक्षा र नेपाली शिक्षाका विषय लगायत धेरै कुरामा अनुभवहरु शेयर गर्ने बताईएको छ । अष्ट्रेलियाको शिक्षाका लागि प्रोत्साहन र परामर्श दिने उद्देश्यले आयोजना गरिएको सेमिनारमा सयौं सहभागी हुने आयोजकको दावी छ । क्याची एजुकेशन एण्ड कन्सलटेन्सीले नर्सिङ, ईन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, आईटी, एकाउन्टेन्ट, साईनस लगायतका विषय पढ्न जाने विधाथीहरुलाई अभ्यास कोर्ष गराउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार