• होमपेज
  • देश
  • जाजरकोटको बारेकोटवासीको चिन्ताः अक्षता बनाउने चामल छैन !

जाजरकोटको बारेकोटवासीको चिन्ताः अक्षता बनाउने चामल छैन !

  • मङ्लबार, भदौ २७, २०७४
जाजरकोटको बारेकोटवासीको चिन्ताः अक्षता बनाउने चामल छैन !

नरेश राना मगर

जाजरकोट,भदौं २७-

जिल्लाको बारेकोट क्षेत्रमा दशै-तिहारमा पनि खाद्यान्न अभाव हुने भएपछि स्थानीय चिन्तित भएका छन् । चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डीपोमा दशै अगाडि खाद्यान्न (चामल) नपुग्ने भएको हो ।

बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाउँ, मुल्साम, जिरी, समाकोट, गोठगाँउ लगायतका गाउँमा खाद्य संकट परेको छ । दशैतिहार नजिक आइसकेको वेला चामल नपाइने भएपछि स्थानीयले अक्षता बनाउनै समस्या भएको भन्दै गुनाशो गर्न थालेका छन् ।

यातायात सुविधा नभएकोल निजी क्षेत्रका ब्यापारीले विक्रीको लागि चामल नलिदा थप समस्या भएको हो । यतिबेला चामलको माग अत्याधिक छ । तर, डीपो रित्तै छ ।

खाद्य संस्थानले चालु आर्थिक वर्षको चामल ढुवानीको लागि बोलपत्र आब्हान गरी सपना एण्ड सरोज कन्ट्रक्सन सेवा खलंगाको नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । तर, १५ दिने सूचना जारी गरेर सप्लायर्सलाई ठेक्का सम्झौताको लागि संस्थानले बोलाएको छ ।

सप्लायर्सलाई १५ दिन भित्र ठेक्का सम्झौता गर्ने म्याद दिइएको छ । यो म्यादको अन्तिम मिति असोज ७ मा पुग्छ । जबकी असोज ५ गते देखि दशै सुरु हुन्छ ।

‘ठेक्का सम्झौता गर्ने बित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ । हामीले दशै अघि बारेकोटमा चामल पुर्याउने अधिकतम कोसिस गरिरहेका छौ,’ खाद्य संस्थानको वितरण महाशाखाका विभागीय प्रमुख सुरेन्द्रराज विष्टले भने,’हामीले प्रक्रिया पुर्‍याइदिने हो । बाँकी ठेकेदारलाई ताकेता गर्ने जिम्मा जिल्लाको हो ।’

जिल्ला सदरमुकाम खलंगामा गत वर्षको मौज्दात पाँच सय क्वीन्टल चामल डीपोमा पठाउन जिल्लालाई निर्देशन दिएको विष्टले बताए । तर, अहिलेसम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन ।

खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेत जिल्ला बाहिर छन् । निमित्त रहेका रामप्रसाद पौडेलले आफूलाई यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । बाटो विग्रिएकोले ठेकेदारले दशै अघि चामल ढुवानी गर्ने संभावना देखिएको छैन ।

सप्लायर्सले चालु आर्थिक बर्ष अर्थात आगामी असार भित्र एक हजार क्वीन्टल चामल सदरमुकामबाट डीपोसम्म ढुवानी गर्ने जिम्मा लिएका छन् । प्रति क्वीन्टल एक हजार चार सय ७५ रुपैयाँमा ढुवानी गर्ने गरी बिहीबार ठेक्का स्वीकृत भएको छ ।

बाटो विग्रेकोले यतिवेला सदरमुकाम बाटै घोडा खच्चडमा ढुवानी गर्नु पर्ने बाध्यता छ । तिहार पछि बाटो मर्मत भई आधा बाटोसम्म ट्याक्टर चल्ने भएकोले त्यतिखेर ठेकदारलाई ढवानीमा सस्तो पर्ने गरेको छ ।

सदरमुकामबाट बारेकोटसम्म खच्चडबाट प्रतिक्वीन्टल दुई हजार रुपैयाँमा चामल ढुवानी गर्ने गरिएको हछ ।

‘अक्षता’का लागि चामल छैन

स्थानीयले दशै अघि नै खाद्यान्न व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । बारेकोट गाँउपालिका ५ का वीरबहादुर सिंहले दशै अघि चामलको ब्यवस्था गरिदिन आफूहरुले माग गरेको बताए । ‘दशैमा मिठो मसिनो खाने त सपना भैसक्यो दुई छाक भात खान पाए हाम्रो लागि त्यही ठूलो दशै हुने थियो’,उनले भने’ डीपोमा चामल आएन भने दशैमा अक्षता गर्ने चामल समेत पाउन मुस्किल पर्छ । कसरी दशै टार्ने हो रु ।’

बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले यस क्षेत्रको खाद्य संकटलाई मध्यनजर गरी तत्काल खाद्यान्न पठाउन सरकारसँग माग गरिएको बताए । ‘दशै अघि नै खाद्य डीपोमा चामल ढुवानीको ब्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छौं ।’ उनले भने ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा