• होमपेज
  • समाचार
  • नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

  • मङ्लबार, भदौ २७, २०७४
नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

मेलम्ची,भदौ २७ –

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट ४९ वर्षीय कुमार पाण्डेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मेलम्ची नगरपालिका–११ स्थायी घर भएका उनी साविक मेलम्ची गाविसका पूर्व उपाध्यक्ष समेत हुन् ।

जिल्ला अदालत चौताराले २०६४ वैशाख १३ गते कीर्ते नागरिकता बनाएको अभियोगमा ११ महिना कैद सजाय र रु एक हजार जरिवाना र २०६४ साल माघ १५ गते सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा एक वर्ष कैद सजाय र रु ५० जरिवाना तोकेको थियो ।

दुबै अपराधमा गरी उनले कूल एक वर्ष ११ महिना कैद सजाय र रु एक हजार ५० जरिवाना भर्नुपर्ने इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

पाण्डेलाई आजै जिल्ला अदालत चौतारामा उपस्थित गराइएको हो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा