• होमपेज
  • समाचार
  • पेट्रोल र डिजेल कारमाथि प्रतिबन्ध लगाउने तयारी

पेट्रोल र डिजेल कारमाथि प्रतिबन्ध लगाउने तयारी

  • मङ्लबार, भदौ २७, २०७४
पेट्रोल र डिजेल कारमाथि प्रतिबन्ध लगाउने तयारी

एजेन्सी,भदौ २७ —

विश्वको सबैभन्दा ठूलो कार बजार रहेको चीनले डिजेल र पेट्रोलबाट चल्ने कार आफ्नो देशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । उसले आफ्नो देशबाट त्यस्ता कारको उत्पादन र बिक्री वितरणमा समेत प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ ।

देशका उप उद्योगमन्त्रीका अनुसार उनीहरुले यस कार्यका लागि अनुसन्धान गरिसकेका छन् । तर प्रतिबन्ध कहिलेदेखि लागू गर्ने भन्ने चाहिँ तय भइसकेको छैन । चीनले पछिल्लो वर्ष २ करोड ८० लाख ९२८ मिलियन० कारको निर्माण गरेको थियो । जसले पूरै विश्वको कारको एक तिहाई हिस्सा ओगटेको छ ।

बढ्दो प्रदुषण र कार्बन उत्सर्जनलाई कम गर्ने प्रयासका शिलशिलामा ब्रिटेन र फ्रान्सले पहिले नै सन् २०४० सम्ममा पेट्रोल र डिजेल कार आफ्नो देशमा प्रतिबन्ध गर्ने घोषणा गरिसकेक छन् । चीनको स्वामित्व रहेको भोल्भो कार समूहले जुलाईमा भनेको थियो कि, सन् २०१९ देखि उनीहरुका सबै नयाँ कारका मोडलहरु इलेक्ट्रिक हुनेछन् ।

कारका चीनिया मालिक जीलीको लक्ष्य सन् २०२५ सम्ममा १० लाख इलेक्ट्कि कार बेच्ने योजना रहेको बताए । रेनो—निशान, फोर्ड र जनरल मोटर्स लगायत विश्वभरका अन्य ठूला कम्पनीहरु चीनको बजारका लागि इलेक्ट्रिक कार विकसित गर्नमा जुटिसकेका छन् ।

प्रदुषणको समस्याको समाधानका लागि बनाइएका नयाँ नियमहरु लागू हुनुभन्दा पहिले चीनका बजारमा आफ्नो हिस्सा बनाउनका लागि कम्पनीहरु होडबाजी गरिरहेका छन् । उनीहरु सबै सबैभन्दा ठूलो बजार रहेको चीनमा आफ्नो स्थान पहिलो बनाउनका लागि सक्दो प्रयास गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)