• होमपेज
  • समाचार
  • एमालेको जिल्ला, नगर र गाउँपालिका एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटी

एमालेको जिल्ला, नगर र गाउँपालिका एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटी

  • मङ्लबार, भदौ २७, २०७४
एमालेको जिल्ला, नगर र गाउँपालिका एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटी

काठमाडौं, भदौ २७-

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले कार्यकारी कमिटी रहने जिल्ला, नगर र गाउंपालिकामा अवदेखि एक ब्यक्ति एक पदको नीति लागू गर्ने निर्णय गरेको छ । सवैजसो जिल्लामा एउटै ब्यक्तिले पद ओगटेर बस्ने प्रबृत्ति मौलाएपछि सोमवार बसेको एमाले स्थायी समिति बैठकले तत्काल लागू हुनेगरी जिल्ला, नगर र गाउँपालिका कमिटीहरुमा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने निर्णय लिएको हो ।

‘जिल्ला, नगर र गाउँपालिका कमिटीहरु कार्यकारी कमिटी रहने हुँदा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था मिलाउने,’ स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै केन्द्रीय कार्यालयका कार्यबहाक सचिव मिना ज्ञवालीले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ । एमालेले एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाहरुमा संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी गठन नगर्ने निश्कर्षसहित जिल्ला कमिटीलाई नै समन्वय कमिटीले गर्ने कामको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी यसअघि निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारीरसदस्यहरु हाल कायम रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको सदस्य रहने र उक्त समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटीको सदस्य संयोजक रहने ब्यवस्था गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी भने सबै निर्वाचन क्षेत्रमा गठन गर्ने निर्णय बैठकले गरेको छ ।

उक्त कमिटीमा त्यस निर्वाचन क्षेत्रअन्तर्गत रहेका गाउरनगर कमिटीका पदाधिकारीहरु सदस्य रहने । उक्त समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटीको सदस्य संयोजक रहने छन । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले निर्वाचन क्षेत्र निर्धारण भइसकेको अवस्थामा साविकको निर्वाचन क्षेत्रीय कमिटी भंग गर्ने निर्णय गर्नुका साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार