• होमपेज
  • मनोरञ्जन
  • ‘जोनी जेन्टलम्यान’को प्रचार टोली चितवनमा, चलचित्रबाट भरपुर मनोरञ्जन पाउनुहुनेछः पल

‘जोनी जेन्टलम्यान’को प्रचार टोली चितवनमा, चलचित्रबाट भरपुर मनोरञ्जन पाउनुहुनेछः पल

  • मङ्लबार, भदौ २७, २०७४
‘जोनी जेन्टलम्यान’को प्रचार टोली चितवनमा, चलचित्रबाट भरपुर मनोरञ्जन पाउनुहुनेछः पल

चितवन, भदौं २७–

दुई दिनपछि भदौं ३० गतेदेखि देशभर एकसाथ प्रदर्शन आउन लागेको बहुप्रतिक्षिति चलचित्र ‘जोनी जेन्टलम्यान’ को युनिट प्रचार–प्रसार गर्दै चितवन आईपुगेको छ । पूर्वी जिल्ला हुँदै बुटवल पुगेर चलचित्र निर्माण युनिट आज चितवनमा पत्रकार सम्मेलन गर्दै चलचित्र बारे जानकारी गराएको हो ।

आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कार्यकारी निर्माता अजय मल्ल ठकुरीले दर्शकहरुलाई मनोरञ्ज प्रदान गर्ने उद्देश्यले नै चलचित्र निर्माण गरिएको भन्दै दर्शकको चाहना अनुसार नै चलचित्र बनेको बताउनुभयो । उहाँले दर्शकहरुलाई हलसम्म पुगेर चलचित्र हेरिदिन आग्रह गर्नुभयो । एक करोड भन्दा बढि लगानीमा चलचित्र निर्माण गरिएको भन्दै कार्यकारी निर्माताले चलचित्र स्तरीय बनेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै चलचित्रका मूख्य भुमिकामा रहेका नायक पल शाहले यस चलचित्रबाट दर्शकहरुले भरपुर मनोरञ्जन पाउने बताउनुभयो । उहाँले चलचित्र हेर्न दर्शकहरुलाई हलसम्म पुगिदिन आग्रह गर्दै यस चलचित्रले नयाँ स्वाद दिने बताउनुभयो । उहाँले आफूलाई यस चलचित्रले यस क्षेत्रमा छुट्टै पहिचान दिलाउनेमा विश्वास व्यक्त गर्नभयो । चलचत्रिकी मूख्य नायिका आँचल शर्माले यस चलचत्रिमा माया प्रेमसंगै एक्सन समेत रहेकोले दर्शकहरुको चाहना पुरा हुने बताउनुभयो ।

यस चलचित्रको गीत ‘जब जब तिम्रो साथ’ अहिले सर्वाधिक चर्चामा रहेको छ । युवा पुस्तामाझ लोकप्रिय बनेका नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई दर्शकहरुले ट्रेलर हेरेरै मन पराएका छन् । पत्रकार सम्मेलनमा अर्की नायिका जैन कुवँरलगायतको उपस्थिति रहेको थियो । यस चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका हुन् भने एन्ड्रयु पौडेलले निर्माण गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने