• होमपेज
  • समाचार
  • निर्वाचनमा अन्तरघात गर्ने विरुद्ध कांग्रेसले माग्यो उजुरी

निर्वाचनमा अन्तरघात गर्ने विरुद्ध कांग्रेसले माग्यो उजुरी

  • मङ्लबार, भदौ २७, २०७४
निर्वाचनमा अन्तरघात गर्ने विरुद्ध कांग्रेसले माग्यो उजुरी

काठमाडौं,भदौं २७-

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले स्थानीय तह निर्वाचनका क्रममा अन्तरघात गर्ने विरुद्ध उजुरी मागेको छ। केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको केन्द्रीय अनुशासन समितिको आजको बैठकले प्रदेश नम्बर दुईबाहेकका स्थानमा भएको निर्वाचनका क्रममा अन्तरघात गर्ने विरुद्ध आगामी असोज १० भित्र उजुरी दिन आह्वान गरेको हो।

‘पहिलो र दोस्रो चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भइसकेका प्रदेश नं. १, ३, ४, ५, ६ र ७ मा पार्टीका कुनै सदस्यले पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध असहयोग र अन्तरघात गरेको सम्बन्धमा केन्द्रीय कार्यालयमा उजुरी दिनका लागि असोज १० गतेसम्मको समय तोक्ने निर्णय गरियो।

समितिको निर्णयमा भनिएको छ, ‘स्थानीयतहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध असहयोग र अन्तरघात गरेको भनी आजका मितिसम्म पार्टी केन्द्रीय कार्यालयमा प्राप्त उजुरीमा आरोपित व्यक्तिहरुसँग स्पष्टिकरण माग गर्ने निर्णय गरियो।’

केन्द्रीय अनुशासन समितिले आजै कार्य विधि २०७० लाई आवश्यक संशोधन सहितपारित गरेको हो। समितिको सचिवमा पार्टी कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा