नेपालका ५ चिकित्सक कालोसूचीमा
काठमाडौं,असोज २८ – नेपालका पाँच चिकित्सकलाई इन्डोनेसियास्थित बाली मेडिकल जर्नलले कालोसूचीमा राखेको छ । कालोसूचीमा भारतीय चिकित्सक पनि छन् । जर्नलले बौद्धिक चोरीको आरोपमा उनीहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने नेपाली चिकित्सकमा काठमाडौं विश्वविद्यालय अन्तर्गतका मुकेशकुमार श्रीवास्तव, सी.थानापरी, आरके गोइत, एनके यादव र आरके मित्तल छन् । त्यस्तै भारतीय चिकित्सकमा भी. रोहिल छन् । […]