• होमपेज
  • समाचार
  • पाँचथरमा ढाकाको व्यापार

पाँचथरमा ढाकाको व्यापार

  • बिहिबार, कार्तिक २, २०७४
पाँचथरमा ढाकाको व्यापार

पाँचथर, कार्तिक २–

तिहारको समयमा जिल्लामा ढाकाको व्यापार ह्वात्तै बढेको छ ।

ढाकाबाट बनेको टोपी, मखलर, कुर्तासुरुवाल, सारी, ब्लाउज, पछ्यौरा, चौबन्दी, सर्ट लगायतका कपडाको व्यापार बढेको हो ।

अरू समयमा मुस्किलले महिनामा रु ५० हजारदेखि रु एक लाखसम्म ढाकाका सामान बिक्री हुने भए पनि तिहारको समयमा दैनिक रु ५० हजारको हाराहारीमा सामान बिक्री भएको फिदिम बजारस्थित ‘प्रतिमा ढाका पसल’का सञ्चालक तिवेन्द्र राना मगरले बताउनुुभयो ।

उहाँले भन्नुभयो, “विशेषगरी भाइटीकाको दिन टीका लगाएर चेलीले माइतीलाई र माइतीले चेलीलाई उपहार दिने चलन छ, त्यसैले ढाकाको कारोबार बढेको हो ।”

फिदिमबजारमा तयार भएका ढाकाका सामान पाँचथरका गाउँगाउँसम्म, ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लासम्म पठाउने गरिएको छ । यहाँ तयार गरिएका ढाकाका सामान अमेरिका, जापान, बेलायत लगायतका देशमा समेत निर्यात गरिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार