• होमपेज
  • समाचार
  • सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश पराजुली

सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश पराजुली

  • बिहिबार, कार्तिक २, २०७४
सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश पराजुली

काठमाडौँ, कार्तिक २–

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्ने बताउनुभएको छ ।

प्रधानन्यायाधीश निवास बालुवाटारमा देउसी भैलो खेल्न गएको रिपोर्टर्स क्लब नेपालको टोलीसँग प्रधानन्यायाधीश पराजुलीले सत्यको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।

उहाँले आगामी मंसिर १० र २१ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचनको फैसला जनताले गर्छ, न्यायालय आफ्नो पद्धतिमा अगाडि बढ्छ,” प्रधानन्यायाधीश पराजुलीले भन्नुभयो ।

उहाँले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ र मर्यादित भएमात्रै देश समृृद्धको बाटोमा अगाडि बढ्ने बताउनुभयो । “जहाँ न्याय पद्धति बलियो छ त्यो देशमा खुशी र विकास छाएको छ,” उहाँले भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार