• होमपेज
  • समाचार
  • तिहारमा १५ लाख माला बिक्री हुने

तिहारमा १५ लाख माला बिक्री हुने

  • बिहिबार, कार्तिक २, २०७४
तिहारमा १५ लाख माला बिक्री हुने

राजाराम कार्की,

काठमाडौँ, कार्तिक २–

यस वर्ष तिहारमा झण्डै तीन लाखवटा फूलका माला भारतबाट आयात गरिएको छ । आयातित सो माला भाइटीकाका लागि मात्र हो ।

नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २३ वर्ष पुगिसक्दा पनि परनिर्भरता घटेको छैन । नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आव २०७२/७३ सम्म आइपुग्दा ४० जिल्लामा विस्तार भएको छ ।

करिब ६७८ फूल व्यवसायी यसमा संलग्न छन् । लगभग दुई हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फूलखेतीबाट लाभान्वित भएका छन् । तिहारमा फूलको विशेष महत्व भएकाले भाइटीकामा लगभग राजधानीमा १५ लाखवटा माला खपत हुने फ्लोरीकल्चर एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो । राजधानीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन् ।

तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुन्छ । सबैभन्दा धेरै सयपत्री फूलका माला ११ लाखवटा, तीन लाखवटा मखमली फूलको र एक लाखवटा गोदावरी पूmलको माला खपत हुन्छ । करिब ३० प्रतिशत फूलको माला भारतबाट आयात गरिएको छ ।

भूमिमाथिको द्वैध स्वामित्व अन्त्य भएको छैन । सीमित व्यक्तिसँग प्रचुर जमिन छ । धेरै जमिन भएकाले बाँझै राख्ने चलन छ । भूमि बाँझो राख्ने व्यक्तिलाई कानूनका दायरामा ल्याउन सकिएको छैन । सोही कारण फूलमा परनिर्भरता बढेको हो ।

प्रशस्त जैविक विविधता बोकेको भूगोल भएकाले यहाँ स्थानपिच्छे थरीथरीका आकर्षक फूलखेती गर्न सकिन्छ । तर पनि अन्य देशबाट आयात गर्न हामी बाध्य छौँ ।

तिहारको तीन दिन राजधानीमा फूल, माला र गमला गरी झण्डै रु १५ करोडको कारोबार हुन्छ । राजधानीमा भक्तपुरको गुण्डु, इचङ्कुनारायण, थानकोट, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, ककनी र साँखुबाट फूल राजधानी भित्रने गर्छ ।

विश्वमा मन्दिरै मन्दिरको देशको नामले चिनिन्छ नेपाल । मन्दिरमा पूजापाठ गर्न फूल चाहिन्छ । खेतबारीका आली कान्लामा खेती गरेर थाली र ढक्कीमा संकलन गरी सहजै बिक्री हुने फूलमा परनिर्भर हुनु कृषि प्रधान मुलुकका लागि दुर्भाग्य हो ।

एक तथ्यांकअनुसार नेपालमा जग्गा अधियाँ र वटिया कमाउन दिनेको संख्या ४१ प्रतिशत छ । मोहियानी हकको विधिवत् अन्त्य भए पनि जमिन हुनेलाई अझै मोहियानी हकको त्रास कायमै छ । जमिन हुनेले धमाधम जमिनलाई घडेरीमा रुपान्तरण गर्दै छन् । कृषिको विविधीकरणमा कठिनाइ देखिएको बताउनुहुन्छ, फूल व्यवसायी लोकनाथ गैरे ।

प्रचुर तथा अथाह सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति, २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ भने आव २०७१/७२ देखि पुष्प व्यवसाय प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजनसमेत गरेको छ ।

“बजारमा फूलको माग बढेको छ । आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन,” सनराइज एग्रो टेक सेन्टरका सञ्चालक विश्वमणि पोखरेलले भन्नुभयो । नेदरल्याण्ड, हल्याण्ड, थाइल्याण्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दैनिक बढ्दै गए पनि नेपालबाट निर्यात हुन नसकेको उहाँको भनाइ छ ।

“युरोपका झण्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिन्छ,” पोखरेलले भन्नुभयो ।

सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । बजार छ, उत्पादन छैन । झण्डै रु पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा हाल ४० हजार मानिस प्रत्यक्ष संलग्न छन् । एक सय ४० हेक्टरमा फूलको खेती भइरहेको छ भने ३८ जिल्लामा ६७५ फार्मले विभिन्न जातका फूलखेती गरिरहेका छन् । तर मागअनुसार आपूर्ति हुन सकेको छैन ।

आव २०७२÷७३ मा रु एक अर्ब ५२ करोडभन्दा बढी फूलको कारोबार भएको थियो । निर्याततर्फ रु तीन करोड २५ लाख र आयाततर्फ रु नौ करोड रहेको एशोसिएसनले प्रकाशन गरेको स्मारिकामा उल्लेख छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा