• होमपेज
  • समाचार
  • झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

  • बिहिबार, कार्तिक २, २०७४
झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

सन्तोष शर्मा,

झापा, कार्तिक २–

पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु. एक करोडको फूल आयात हुने भएको छ ।

तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट वर्षेनी फूलको आयात बढ्दै गएको छ । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले झापामा तिहारका लागि यस पटक रु एक करोड बराबरको फूल आयात हुने जानकारी दिनुभयो ।

“झापामा मागअनुसारको १० प्रतिशत पनि फूल उत्पादन हुँदैन”, रासससँग उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा फूलखेती नहुँदा वर्षेनी मोटो रकम भारत जाने गरेको छ ।” उहाँले फूलको व्यावसायिक खेतीका लागि किसानलाई सरोकारवाला निकायले प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने जोड दिनुभयो ।

त्यस्तै, जिल्लामा तिहारको प्रयोजनका लागि रु १० करोड बराबरको झिलिमिली बत्ती आयात भएको केन्द्रीय सदस्य डालमियाले जानकारी दिनुभयो । “चीनबाट एलइडी बल्ब भएको झिलिमिली बत्ती बढी आयात हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसको माग बजारमा बढी छ, यो ‘युज एण्ड थ्रो’ किसिमको हुन्छ ।”

भारतबाट पनि अत्यधिक मात्रामा झिलिमिली बत्ती आयात हुने गरेको छ ।
नेपाली उपभोक्ताले भारतको सीमावर्ती बजारबाट पनि सोझै फूल र झिलिमिली बत्ती किनेर ल्याउने गरेका छन् । नेपाली बजारभन्दा सस्तो हुने भएपछि उनीहरु किनमेलका लागि त्यता जाने गरेका हुन् ।

यता, फूलको व्यावसायिक खेती नहुँदा र गाउँघरमा लगाइएको फूल पनि पर्याप्त मात्रामा नफूल्दा यस वर्ष झापामा फूलको अभाव देखिएको छ । भद्रपुर नगरपालिका–८ की कल्पना पाण्डेले अघिल्लो वर्षझैँ आफूले फूल लगाए पनि छिटफुट रुपमा मात्र फुलेको बताउनुभयो । “लक्ष्मी पुज्नदेखि भाइटीकासम्म फूल नभई हुँदैन”, उहाँले भन्नुभयो, “बजारमा पनि फूलको मूल्य बढेको छ ।

घर–आँगनमा सयपत्री फुलेर तिहारको पूर्व संकेत गर्ने गरेपनि यस वर्ष त्यस्तो नभएको सोही स्थानकी बिना श्रेष्ठले बताउनुभयो । “घरलाई चाहिने पुगेर पनि छिमेकीलाई थोरबहुत दिन पुग्थ्यो”, उहाँले भन्नुभयो, “यसपालि त के भयो फूल नै राम्ररी फुलेन ।”

अघिल्लो वर्ष प्रतिमाला रु २० देखि ५० सम्म खरिद गरिएको फूल यस वर्ष रु ८० देखि १०० सम्म पर्ने गरेको छ । पर्याप्त मात्रामा फूल उत्पादन नभएपछि यहाँका व्यापारीले प्लास्टिकको फूल बढी आयात गरेका छन् । बिर्तामोडका व्यवसायी दीपक शाहले सयपत्री फूल नहुँदा भारतबाट प्लास्टिकको माला ल्याएर बेचिरहेको बताउनुभयो । –रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा