• होमपेज
  • समाचार
  • डोटीमा बस दुर्घटना, एउटै गाउँका तीनजनाको मृत्यु

डोटीमा बस दुर्घटना, एउटै गाउँका तीनजनाको मृत्यु

  • बिहिबार, कार्तिक २, २०७४
डोटीमा बस दुर्घटना, एउटै गाउँका तीनजनाको मृत्यु

डोटी, कार्तिक २–

डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ ।

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।
मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । मृत्यु हुनेमा बड्डीकेदार गाउँपालिका–४ का ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द तथा लोकेन्द्र जेठाराकी तीन वर्षीया छोरी पुष्पा जेठाराको मृत्यु भएको घटनास्थलमा उद्धारमा खटिनुभएका ट्राफिक प्रहरी कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै १०० मिटर तल खस्दा १३ पुरुष, चार महिला तथा चार बालबालिका घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय बिपी नगर, ट्राफिक प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार