• होमपेज
  • समाचार
  • कला सँस्कृतिको संरक्षण गर्नु पहिलो दायित्वः मेयर दाहाल

कला सँस्कृतिको संरक्षण गर्नु पहिलो दायित्वः मेयर दाहाल

  • बिहिबार, कार्तिक २, २०७४
कला सँस्कृतिको संरक्षण गर्नु पहिलो दायित्वः मेयर दाहाल

चितवन, कार्तिक २–

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले धर्म संकृती र कला, साहित्यको संरक्षण गर्नु आम नागरिकको दायित्व रहेको बताउनु भएको छ ।

जनकल्याण पुस्तकालयको भवन पून निर्माणको अभियानमा सात नम्बर बजार ब्यावस्थापन समिति मधुपुरीमा आयोजित देउँसी भैलो तथा बृहत् सॉस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मेयर दाहालले संकृती हाम्रो पहिचानसंग जोडिएकाले यसको संरक्षण र सम्वद्र्धनलागी समुदायको सम्मान सहभागिता आवस्यक रहेको बताउनुभयो।

उहाँले शिक्षा सभ्य समाजको ऐना भएको बताउँदै पुस्तकालयहरूलार्इ प्रबिधियूक्त बनाउदै व्यवस्थित ढंगले बिकास गर्दै अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको शभापतित्वमा सम्पन्न कार्यक्रममा वडा न २१ का अध्यक्ष चित्रसेन अधिकारी, २३ न वडाका अध्यक्ष नरी नारायण पौडेल, समाजसेबी भबिलाल घिमिरे लगायतका बक्ताहरूले पुस्तकालय भवन निर्माणका लागी सबैको सहयोग आवश्यक रहनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा गायक मिलन लामा, कृष्ण सुनारलगायत स्थानीय कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार