• होमपेज
  • समाचार
  • कावासोतीमा ट्रक र मोटरसाईकल ठोक्कियो, महतोको ज्यान गयो

कावासोतीमा ट्रक र मोटरसाईकल ठोक्कियो, महतोको ज्यान गयो

  • बिहिबार, कार्तिक २, २०७४
कावासोतीमा ट्रक र मोटरसाईकल ठोक्कियो, महतोको ज्यान गयो

नवलपरासी, कार्तिक २–

पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती नगरपालिका–१६ डण्डामा बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठक्कर खादा एकजनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बुधबार राति टायर पञ्चर भएर रोकिराखेको ना ६ ख १६ ५३ नम्बरको ट्रकमा ना ४३ प ८४०५ नम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्यविन्दुबिन्दु नगरपालिका–६ बस्ने प्रकाश महत्तोको ज्यान गएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका महत्तोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय नवपुरले जनाएको छ । दुर्घटनामा परी मध्यविन्दु नगरपालिका–६ बस्ने अनिल महत्तो घाइते हुनुभएको छ । उहाँको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार