• होमपेज
  • समाचार
  • जंगली हात्तीको बथानले घर भत्कायो

जंगली हात्तीको बथानले घर भत्कायो

  • शुक्रबार, कार्तिक ३, २०७४
जंगली हात्तीको बथानले घर भत्कायो

कञ्चनपुर, कार्तिक ३–

जंगली हात्तीको बथानले गयराति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाउनु परेको पीडित परिवारले बताएका छन् । तिहारकै बेला हात्तीको बथानले अन्न सबै खाइदिँदा र लगाउने, ओढ्ने बिछ्याउने कपडासमेत च्यात्चुत पारेपछि पीडित परिवार छिमेकीको शरणमा पुगेका छन् ।

दुवै परिवारको आर्थिक अवस्था दयनीय भएकाले छिमेकीले अन्न र आर्थिक सहयोग जुटाउनका लागि पहल थालेका छन् । –रासस

Facebook Comments

सम्बन्धित समाचार