सनराइज बैंक ताप्लेजुङ्गको लेलेपमा
सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं।–६, लेलेप, ताप्लेजुङ्गमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको छ । बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं।–६, लेलेप, ताप्लेजुङ्गमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा श्रीमती फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ । […]