• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैकिंङ्गद्वारा बिजनेश क्लिनिक सञ्चालन

नबिल बैकिंङ्गद्वारा बिजनेश क्लिनिक सञ्चालन

  • मङ्लबार, चैत्र १७, २०७७
नबिल बैकिंङ्गद्वारा बिजनेश क्लिनिक सञ्चालन

नबिल इ्रन्भेष्टमेण्ट बैकिंङ्ग लिमिटेडले संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानी कर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने देखिएकोछ ।

बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिल इ्रन्भेष्टमेण्टका लगानी विशेषज्ञहरुद्धारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्नसक्ने देखिन्छ ।

यस सेवा अन्तर्गत ईक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धि परामर्श, कर्जा तथा ऋण सम्बन्धि परामर्श, पूँजी संरचना सम्बन्धि परामर्श, दैनिक कार्यसंचालन तथा पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श, व्यापार पुनर्रसंरचना/पुनर्रगठन सम्बन्धि वित्तीय परामर्श, व्यापार÷व्यावसाय विस्तार सम्बन्धि परामर्श, व्यापार शुरु गर्ने सम्बन्धि परामर्श गर्ने छ ।

सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श, पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श, पोर्टफोलियो फेरबदल÷पुनरसंरचना सम्बन्धि परामर्श, शेयर खरिद÷बिक्री गर्ने निर्णय सम्बन्धि परामर्श, निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श ९ँष्हभम च्भतगचल क्ष्लखभकतmभलत ऋयलकगतिबतष्यल०, सम्पत्ति÷धन व्यवस्थापन सम्बन्धि परामर्श, व्यापार रणनीति सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि परामर्श सेवा लिन सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ ।

यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेण्ट बैकिङ्गले प्रदान गरेको पाइएको छैन यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्था हुन सफल भएको छ । जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि निकै नै सहयोगी÷फलदायि सिद्ध हुने देखिन्छ ।

यस्तो सेवा सार्वजनिक विदाको दिन र शुक्रवार वाहेक प्रत्येक दिनको ३ बजे देखि दिनको ५ बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवा लिन आउँदा रु. १००० को टिकट काट्नु पर्नेछ । तर चैत्र महिनाको लागि यो शुल्क छुट गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने