• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकद्वारा बचत खातामा बीमा दावी भुक्तानी

एनएमबि बैंकद्वारा बचत खातामा बीमा दावी भुक्तानी

  • मङ्लबार, चैत्र १७, २०७७
एनएमबि बैंकद्वारा बचत खातामा बीमा दावी भुक्तानी

एनएमबि बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आउनु भएका निर्विकार अमात्यलाई स्वास्थ्य विमा बापत बिमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्त रुपमा आमत्यलाई स्वास्थ्य बिमावापतको रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको उक्त खाता योजनामा शुन्य मौज्दातमै खाता खोल्न सकिने, नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले शिखर ईन्स्युरेन्स मार्फत उक्त भुक्तानी प्रदान गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने