• होमपेज
  • वाणिज्य बैंक
  • सिभिल बैंकले डिजिटल माध्यमबाट “ग्लोबल मनीविक”मनायो

सिभिल बैंकले डिजिटल माध्यमबाट “ग्लोबल मनीविक”मनायो

  • मङ्लबार, चैत्र १७, २०७७
सिभिल बैंकले डिजिटल माध्यमबाट “ग्लोबल मनीविक”मनायो

सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान“ग्लोबल मनीविक”मा विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले “ग्लोबल मनीविक”को सातदिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको थियो ।

प्रदेश नं १ को बिराटनगर स्थित अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी गरेको छ ।

बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गर्दै मनीविक मनाएको छ ।

लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरीएको बैंकले जनाएको छ ।

यसको अलावा बैंकले विद्युतिय कारोवारका सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइलएप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)काबारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजाल मार्पmत प्रशारण पनि गरेको थियो ।

त्यस्तै, सिभिल बैंक लिमिटेड र आइसनबिच सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोलाबहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्वन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत)मा अनुवन्धित ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छूट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छूट पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने